रिबन

आईजीपी विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौँ । प्रहरी महानिरीक्षक बढुवा विवादमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

अदालतमा बुधवारदेखि चलिरहेको सुनुवाइ सकिएसँगै न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले विवादमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतले लिखित जवाफ माग गर्दै आदेश दिन अस्वीकार गरेको हो ।

त्यस्तै, अदालतले रिटकाे अन्तिम फैसला जेठ १७ गते गर्ने समेत उल्लेख गरेकाे छ । सो अवधिभित्र दुवै पक्षले लिखित जवाफ पेस गर्नुपर्ने समेत आदेशमा उल्लेख छ।

सरकारले पहिलो वरीयतामा रहेका विश्वराज पोखरेललाई प्रहरी प्रमुख नबनाई तेस्रो नम्बरमा रहेका धिरजप्रताप सिंहलाई बनाएपछि यो विवाद सर्वोच्च पुगेको थियो ।
पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले आफूभन्दा जुनियरलाई प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरित बढुवा गरेको जिकिर गर्दै रिट दायर गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *