नवलपरासी । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका-१ मा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप हुँदा उम्मेदवारसहित ६ जना घाइते भएका छन् ।
झडपमा दुवैतर्फका ६ जना घाइते भएका हुन् । नवलपुर प्रहरीका अनुसार घाइते चार जनालाई उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको छ । उनीहरुको टाउकोमा चोट लागेको छ ।
चुनाव प्रचारमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी देवी पाण्डेले प्रयोग गरेको गाडी समेत तोडफोड भएको छ । पाण्डे २०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी थिइन् । उनी अहिले पनि कांग्रेसको तर्फबाट उम्मेदवार छिन् । एमालेबाट चेतबहादुर राना उम्मेदवार छन् ।




