रिबन

बैशाख २१ गतेसम्म उम्मेदवारी निश्क्रिय बनाए कांग्रेसले बागी उम्मेदवारलाई गरेको कारबाही पुर्नबिचार गर्ने

काठमाडौं । नेपाली कांग्रेसले बागी उम्मेदवारलाई बैशाख २१ गतेसम्म बागी उम्मेदवारी दिएकाहरुले आधिकारिक उम्मेदवारलाई समर्थन गरे कारबाही नगर्ने भएको छ ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ती जारी गर्दै बैशाख २१ गतेभित्र बागी उम्मेदवारी दिएकाहरुले उम्मेदवारी निश्क्रिय बनाए विधानअनुसार हुने कारबाहीमा पुर्नबिचार गर्ने स्पष्ट पारेका छन् ।

कांग्रेसले बागी उम्मेदवारलाई तत्काल उम्मेदवारी निश्क्रिय बनाउन निर्देशन समेत दिएको छ । २१ गतेसम्म उम्मेदवारी निश्क्रिय नबनाउनेहरुलाई भने विधानअनुसार साधारण सदस्य समेत नरहने गरी निश्काशन हुने कांग्रेसले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *