रिबन

मनोनयन दर्ता शुरु : कांग्रेसलाई महानगरको मेयर र उपमेयर टुङ्गो लगाउनै सकस

काठमाडौं । महानगरपालिकाका मेयर र उपमेयर पदका उम्मेदवार छान्न प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरु भएको छ ।

सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारदेखि उम्मेदवारबारे छलफल थाले पनि अहिलेसम्म कुनै निष्कर्ष ननिस्किएकाले अहिले बैठक थालिएको हो । शनिबार राति करिब १० बजेसम्मै नेताहरूबीच छलफल भए पनि सहमति भएको थिएन ।

आइतबार देशभरि बिहान १० बजेबाट उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहे पनि कांग्रेसले महानगरपालिकाको मेयर र उपमेयर पदका उम्मेदवार नै छानेका छैनन् । कांग्रेसले स्थानीय तह निर्वाचनका लागि आइतबारै घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम राखेको छ । दिउँसो १ बजे सानेपास्थित कार्यालयबाटै घोषणा पत्र सार्वजनिक गर्न लागिएको घोषणा पत्र तयारी समितिका एक सदस्यले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *