काठमाडौं । पोखरामा मेयरको उम्मेदवार पाउनुपर्ने माग गर्दै नेपाली कांग्रेसका वडा सभापतिहरुले पार्टी कार्यालयमा नाराबाजी गरेका छन् । महानगरपालिकाको मेयरको उम्मेदवार आफूहरुले पाउनुपर्ने माग गर्दै नेपाली कांग्रेसका वडा सभापतिहरुले कांग्रेसको जिल्ला पार्टी कार्यालयमा नाराबाजी गरेका हुन् ।
पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीचको भागवण्डा अनुसार एकीकृत समाजवादी पार्टीको भागमा परेको छ । तर महानगरपालिकाको ३३ वटै वडाका सभापतिहरुले मेयरको उम्मेदवार कांग्रेसको हुनुपर्ने माग गर्दै पार्टी कार्यालयमा नाराबाजी गरेका हुन् ।
पोखरा महानगरपालिकाको तालमेलको विषयमा नेपाली कांग्रेसभित्र विवाद छ । केन्द्रका नेताहरुले स्थानीय तह कमजोर बनाउने गरी सहमति गरेकले स्वीकार्न नसकिने जिल्ला सचिव भानुभक्त ढकालको भनाई छ ।




