समाचार

माओवादी केन्द्र रसुवाले उम्मेदवार छनोटका लागि गर्यो मतदान

राजनीति

काठमाडौं । नेकपा माओवादी केन्द्र रसुवाले उम्मेदवार छान्न मतदान गरेको छ । उम्मेदवारका आकांक्षी धेरै भएपछि कालिका गाउँपालिकामा उम्मेदवार छनौटका लागि मतदान गरिएको हो ।

गाउँपालिकाको अध्यक्षमा सोमबहादुर तामाङ र अर्जुन देवकोटाको दाबी रहेपछि मतदान भएको नेकपा माओवादी केन्द्र रसुवाका संयोजक मेघनाथ घिमिरेले जानकारी दिए । गाउँपालिका अध्यक्षमा सहमति हुन नसकेपछि मतदान गरिएको उनले बताए ।

मत परिणामअनुसार तामाङले ३४ र देवकोटाले १८ मत प्राप्त गरेका छन् । जम्मा ५२ मत खसेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *