काठमाडौँ ।नेपाली कांग्रेसले काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार सिर्जना सिंहलाई बनाउने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा सिंहलाई मेयरको उम्मेदवार बनाउने सहमति भएको हो ।
भोलि विहान ११ बजेसम्म औपचारिक निर्णय हुन्छ । ललितपुर र विराटनगर महानगरपालिका प्रमुखमा भने मुख्यतः तीन जनाको नाममा छलफल भइरहेको छ ।
काठमाडौँको मेयरको उम्मेदवार बन्ने पक्कापक्की भएकी श्रृजना कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन् ।




