राजनीति

महानगर र उपमहानगरको उम्मेदवारीबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठक सोमबार बेलुका ६ बजे बस्नेछ । केन्द्रीय सचिवालयको बैठक बस्नुअघि पार्टी केन्द्रीय कार्यालयको बैठक सोमबार बिहान ११ बजे बस्नेछ ।

केन्द्रीय सचिवालयको बैठकमा महानगर र उपमहानगरका उम्मेदवारहरुको बारेमा छलफल हुने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *