रिबन

गोकुल भन्छन–७० करोड होइन,अरव खाएँ त के भो ?

काठमाण्डौं । पुर्वसञ्चार मन्त्री गोकुल वास्कोटाले ७० करोड रुपैया खाएको स्विकार गरेका छन । उनले खुलेयाम सार्वजनिक मञ्चमा करोड होइन,अरव खाए त के भो भनेर सवाल खडा गरेका छन । उनले यति ठुलो रकम खाएपनि कसैको निजि रकम नखाएको भन्दै उल्टै कसैले केही गर्न नसक्ने वताएका छन । उनले यसरी कडा स्वरमा वोलेको भिडियो अहिले भाइरल भएको छ । उनले भने–मैले लुटेको ७० करोड कसैको निजि सम्पत्ति होइन । उनले यति रकम खाए भन्दा अरवी मुलुकमा जस्तो लाठा,भालाले हानेर त मार्दैनन होलान नि भनेर उल्टै प्रतिप्रश्न पनि गरेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *