काठमाण्डाै । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमालेका अध्यक्ष केपी अेालीले गणतन्त्र खाने सुर गरेकाे वताए।उनले माधव नेपाल र पुष्पकमल दाहालले हिम्मत नगरेकाे भए अेालीले गणतन्त्र खाने सुर गरेकाे वताए । उनले भने- सर्वोच्चले एमालेलाई एमाले र माओवादीलाई माओवादी बनाएको वैधानिक हुने तर, त्यही सर्वोच्च अदालतले फैसला गरेर बनाएको सरकारलाई परमादेशी भनेर होच्याउने कस्तो सोचाइ हो ? माधव नेपाल र झलनाथ खनालले पार्टीमा विद्रोह नगरेको भए ओलीले अहिलेसम्म गणतन्त्र सिध्याइसक्थे । एमालेको पार्टी र पदको झगडाको सिकार नेपाली जनता भए । प्रतिगमनविरुद्ध सबै एक हुनुपर्छ भनेर जनमोर्चाले अग्रसरता लिएर सबैलाई एकजुट बनाएको हो । गणतन्त्र सिध्याउन खोज्नेहरू अहिले धर्मनिरपेक्षता हटाउन राजा आऊ देश बचाऊ भनिरहेको उनले बताए ।




