काठमाण्डाैं । भर्खर राप्रपा फुटाएर नया दल राप्रपा नेपाल वनाएका कमल थापाले सुर्य चिन्ह लिएर चुनाव लडने मनशाय ब्यक्त गरेका छन।उनकाे मनशायमा एमालेजनकाे कुनै टिप्पणी सार्वजनिक भएकाे छैन।जब कुनै भनाइमा खण्डन वा विराेध हुदैन तब यसलाइ स्विकार गरेकाे मान्नुपर्छ।
कमल थापा जतिकाे मानिसले एमालेसंग सम्वाद नभइ यतिकै सुर्य चिन्ह लिने कुरा गरेकाे मान्न सकिन्न।र,एमाले त्यस्ताे पार्टी हाे जसले अन्य उम्मेदवारलाइ जिताउन सुर्य चिन्ह दानमा दिने गरेकाे छ।अघिल्लाे चुनावमा नवलपरासीमा एमालेले हृदयेश त्रिपाठीलाइ पार्टीमा प्रवेश नगराइ सुर्य चुनाव चिन्ह दिएकाे थियाे।उनी साेही चुनाव चिन्ह बाट सांसद भए र मन्त्री पनि भए। तर,अहिले त्रिपाठीले नया दल गठन गरेका छन तर एमाले पसेनन।वरू उनकाे साथ लागेका यसअघिका मधेशी नेता वृजेश गुप्ता दलवल सहित एमाले पसेका छन।
मकवानपुरबाट चुनाव हार्दा हार्दा दिक्क भएका कमल थापाले यसपाली यहि जुक्ति लगाएका छन।मकवानपुर यसअघि देखि एमालेकाे गढ हाे र अहिले कांग्रेसका इन्द्र वानियाले पकेट क्षेत्र वनाउन काेशिश गरेका छन।यहि ठाउमा हाे-कमल थापाले चुनाव लडने। पुष्पकमल दाहाल र माधव नेपालसंग हुनसम्मकाे रिसइवी वाेकेर वसेका केपी अेालीले मकवानपुरमा गठवन्धन हराउन कमल थापालाइ मद्धत गर्ने वचन दिएकाे वुझन सकिन्छ तर यसाे गर्दा एमाले नेता भीम रावलले भने जस्ताे एमाले राप्रपा नेपाल मिसिएपछि रामाले हुन्छ कि हुदैन ? एमालेले चुनाव चिन्ह मात्र दिन्छ कि राप्रपा नेपालकाे हिन्दु राज्य वनाउने माग पनि वाेकेर हिडछ ? अनि,विस्तारै राजा पनि वाेक्छ ?




