रिबन

मन्त्री भएकी रामकुमारीले किन पार्टी काममा फर्किन्छु भनिन ?

काठमाण्डौं । नेकपा एकिकृत समाजवादीको तर्फबाट सहरी विकास मन्त्री छिन रामकुमारी झाक्री । उनले विहिवार सामाजिक सञ्जालमा अब पार्टीको काममा फर्किन्छु भनिन । उनले यसो भन्दा मन्त्री पद छाडन लागेको हो कि भन्ने शंका भयो । तर उनले पुन स्पष्टिकरण दिदै मन्त्री हुदा कैयौं मानिसलाइ भेटन नसकेको वताउदै अर्को हप्ताबाट पार्टीको काममा फर्कने वताइन । उनले भनेकि छिन–कतिपय साथिहरू मन्त्रालय आएर पनि म सँग भेट हुन सकेको छैन। कतिपय साथिहरूलाई समय दिन सकेको छैन। त्यसको लागि क्षमा चाहन्छु। यो हप्तापछि नियमित पार्टी काममा फर्किने छु।यो हप्ता एकदमै व्यस्त छु।निर्वाचन आचार संहिता लाग्नु भन्दा अगाडी गर्नुपर्ने काम, आगामी आर्थिक वर्षको नीति, कार्यक्रमको शैद्धान्तिक छलफल र त्यसको निर्णय गरेर राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालय पठाउनु पर्ने समय सिमा र आन्तरीक कामको कारणले गर्दा।

उनले यो कुरा यस्तो दिनमा भनिन जुन दिनमा गैर सांसद गोविन्द वन्दीलाइ माधव नेपालको सिफारिशमा प्रधानमन्त्री शेरवहादुर देउवाले मन्त्री वनाए । वकिल भएको नाताले उनलाइ कानुन मन्त्री दिएको देखिन्छ । उनलाइ मन्त्री वनाउने भएपछि पहिल्यै कानुन मन्त्री भएका दिलेन्द्र वडु उद्योग मन्त्री भएका छन । माधव नेपालले मन्त्रीहरु परिवर्तन गर्न लागेको हल्लाको विचमा मन्त्री झाक्रीले पार्टीको काममा फर्किन्छु भन्नुले गहिरो अर्थ वोकेको छ । पार्टी भित्र मन्त्री वन्न नपाएको रिस वोकेर वसेका छन–मेटमणि चौधरी । के उनलाइ नै मन्त्री वनाउन कसरत हुन थालेको त होइन ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *