काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङ पनि चीन प्रस्थान गरेका छन् ।
नेता वर्षमान पुन चीन हिडेका बेला गुरुङ पनि चीन पुगेका हुन् । यसअघि नेकपा एमालेका नेता विष्णु पौडेल समेत चीन भ्रमणमा गएका थिए । चिनिया विदेशमन्त्रीले नेपाल भ्रमण शुरु गरेकै दिन माओवादी नेताहरु चीन भ्रमणमा निस्किनुलाई महत्वका साथमा हेरिएको छ ।
स्थानीय तहको चुनावको मिति नजिकिएसँगै दलहरु चुनावी गठबन्धनको तयारी गरिरहेका बेला चिनिया विदेशमन्त्रीको नेपाल भ्रमण र नेपालका नेताहरुको चीन भ्रमण अन्तरसम्बन्धित रहेको आंकलन गरिएको छ ।




