काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवा पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका छन् । केन्द्रीय कार्यसमितिकाे बैंठकमा सहभागी हुन देउवा सानेपा पुगेका हुन् ।

पार्टी कार्यालय पुगेका सभापति देउवा आफ्नो कार्यकक्षमा आन्तरिक छलफल र कार्यकर्ता भेटघाटमा व्यस्त छन ।
देउवा बैठक हलमा प्रवेश गरे लगत्तै बैठक सुरु भएको छ । दिउसो २ बजेका लागि बोलाईएको बैठक करिव १ घण्टापछि सुरू हुन लागेकाे हाे ।





