काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश २०७८ जारी गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले मंगलबार (आज) रेल्वे अध्यादेश २०७८ जारी गरेकी हुन् । अध्यादेश जारी भएसँग अब रेल गुड्ने भएको छ ।
धानमन्त्री शेरबहादुर देउवाले व्यापारघाटा घटाउनेगरी नीति र कार्यक्रम अघि बढाउन निर्देशन दिएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटामार उद्योग, वाणिञ्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा निर्देशन दिँदै प्रधानमन्त्री देउवाले व्यापारघाटा घटाउने गरी कार्यक्रम बनाउन भनेका हुन् ।
स्थानीय तह निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने निर्वाचन आचारसंहिताको प्रावधान तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले मंगलबार निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने निर्वाचन आचारसंहिताको प्रावधान तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नागरिकता विधेयक एमालेका कारण रोकिएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठक एमालेले निरन्तर अवरुद्ध गर्दै आएको भन्दै अध्यक्ष प्रचण्डले संसद अवरोध प्रतिगमनकै निरन्तरता भएको समेत बताए ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी शर्मा ओली र उनको दल संविधान र लोकतन्त्रविरोधी भएको आरोप लगाएका छन् । ओलीको दम्भ हटाउनका लागि पनि वाम र लोकतान्त्रिक शक्तिहरु एकजुट हुनुपर्ने उनको भनाइ छ। नेता नेपालले ६ महिनामा आफ्नो दल वयस्क भएको र यसबीचमा भएका राष्ट्रिय सभालगायतका विभिन्न शक्ति केन्द्रमा ओलीको पार्टीलाई उत्तानो पार्न सफल भएको बताए।
अभिनेता पल शाहको वयान सकिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले तनहुँ जिल्ला अदालतमा मुद्धा दर्ता गरेसँगे शाहले अदालतमा वयान दिएका हुन् । उनले आरोप अस्वीकार गरेका छन् । सरकारी वकिल कार्यालयले शाह विरुद्ध १२ देखि १४ बर्षको कैद सजाय माग गरी जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।
आईसीसी विश्वकप क्रिकेट लिग टू प्रतियोगिता अन्तर्गतको त्रिदेशीय शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले पीएनजीलाई पराजित गरेको छ । १७४ रनको लक्ष्य नेपालले ३७ औँ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।
पारस खड्का पल्सर दशकका पुरुष खेलाडी घोषित भएका छन् । नेपाली क्रिकेटका पूर्वकप्तान खड्का नेपाली खेलकुद इतिहासमै पछिल्लो एक दशकमा पु¥याएको योगदानका लागि अवार्ड प्रदान गरिएको हो ।




