रिबन

एमसीसी नेपालको हितमा छ, विरोध गर्नुको औचित्य छैन– प्रधानमन्त्री देउवा

खोटाङ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसिसी देश विकासको सहयोगी परियोजना भएको बताएका छन् ।

खोटाङको दक्षिणी क्षेत्र जोड्ने साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल उद्घाटन कार्यक्रममा उनले एमसिसी परियोजना देशको हितमा भएकाले विरोध गर्नुको कुनै औचित्य नरहेको बताए ।

एमसीसी परियोजना लागू भएपछि नेपालको सडक, विद्युत् र आर्थिक विकासमा ठूलो टेवा पुग्ने भन्दै प्रधानमन्त्री देउवाले भने, ‘केही व्यक्तिहरुले एमसीसी परियोजनालाई लिएर गलत व्याख्या गरिरहेका छन् ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *