काठमाण्डौं । नेकपा क्रान्तिकारी माओवादीले यो चुनावमा पनि भाग नलिने भएको छ । वैद्यको दल क्रान्तिकारी माओवादीको फागुन २५ देखि २९ गतेसम्म वसेको वैठकले वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा भाग नलिने भनेको छ । वैठकको निर्णय सार्वजनिक गर्दै क्रान्तिकारी माओवादीले वक्तब्यको आधा भागमा अमेरिका र अर्को भागमा भारतलाइ गाली गरेको छ । वक्तब्य जारी गर्दै महासचिव वैद्यले युक्रेन युद्धमा युक्रेनको यो हालत हुनुमा अमेरिकी र रुसी साम्राज्यवादको परिणाम भनेका छन । उनले दार्चुला घटनामा भारतले विस्तारवादी नीति लिएको भन्दै कडा शब्दमा आलोचना गरेका छन । उनले स्थानीय चुनावमा भाग नलिने वरु यसलाइ भण्डाफोर अभियानको रुपमा दुइ महिना उपयोग गर्ने वताएका छन ।वक्तब्यमा भनिएकाे छ-
भारतीय विस्तारवादद्वारा दार्चुलाको कालापानी क्षेत्रमा अतिक्रमण गरिएको र अमेरिकी साम्राज्यवादद्वारा एमसीसी संझौता संसदमा अनुमोदन गरिएको स्थिति पैदा हुनुमा देशका प्रतिक्रियावादी तथा संशोधनवादी शासक वर्ग एवम् कम्युनिस्ट नामधारी एमालेद्वारा गरिएको दलाली तथा गद्दारीको उल्लेख गर्दै र यो बेला राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्या अत्यन्तै विकराल बन्न पुगेको बताउँदै भनिएको छ — यो बेला हामीले तात्कालिक रुपमा राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका जल्दाबल्दा समस्यालाई लिएर एकल तथा संयुुक्त रुपमा सङ्घर्षलाई विकसित तुुल्याउँदै जानुु पर्दछ भने दीर्घकालीन रुपमा वर्तमान सत्ता तथा व्यवस्थाको विकल्पमा नयाँ जनवादी राज्यसत्ताको स्थापनार्थ क्रान्तिको तयारीमा दृढतापूूर्वक अगाडि बढ्नु पर्दछ ।
७. उक्त प्रस्तावमा आगामी बैशाख ३० मा हुन गइरहेको स्थानीय निर्वाचनको प्रश्नबारे उल्लेख गरिएको छ । प्रस्तावमा प्रतिक्रियावादी, अवसरवादी तथा भ्रष्ट तत्वहरुद्वारा पैसाको खोलो बगाउने भएको, चरम रुपमा साधन स्रोतको दुरुपयोग तथा शक्ति प्रदर्शन गर्ने देखिएको, स्वच्छ तथा निष्पक्ष निर्वाचनको कुनै संभावना नरहेको, प्रतिक्रियावादी राज्यसत्ताका तीनओटै अङ्ग असफल सावित हुँदै गए पनि नोकरशाही राज्य संयन्त्रको बलमा यो सत्ता तथा व्यवस्था टिक्न पुुगेको, अहिले संसदमा राष्ट्रघाती एमसीसी अनुमोदन गर्ने काममा नेकाका साथै कम्युनिस्ट नामधारी माके, एकीकृत समाजवादी, एमाले लगायतका राजनीतिक दलहरुद्वारा अमेरिकी साम्राज्यवादको चरम दलाली तथा राष्ट्रिय गद्दारी गरिएको स्थितिमा तिनको अझै भण्डाफोर गर्न अति जरुरी भएको, निर्वाचन उपयोगको प्रश्न हरेक दृष्टिले सार्थक बन्ने संभावना नरहेको र पार्टीको क्रान्तिकारी छवि उपयोग होइन वहिष्कारद्वारा नै समुुज्ज्वल हुुने देखिएकोले स्थानीय निर्वाचनको बहिष्कार गर्ने नीति अवलम्बबन गरिएको कुरा उल्लेख गरिएको छ । साथै बहिष्कार आन्दोलनलाई दुइ महिने अभियान बनाई सञ्चालन गर्ने निर्णय समेत लिइएको छ ।




