रिबन

माओवादी केन्द्रको केन्द्रीय कमिटि बैठक सम्पन्न, पदाधिकारी चयन गर्न भने असफल

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटिको बेठक सकिएको छ ।

जेठ २० गते फेरी बस्ने बैठकमा एमसीसकिा बारेमा छलफल गर्ने निर्णय गर्दै सकिएको बैठकले प्रदेश इन्चार्जहरु तोक्ने र स्थानीय निर्वाचनका लागि पार्टी नीति तय गरेर सकिएको हो ।

माओवादी केन्द्रले केन्द्रीय कमिटीलाई पनि पूर्णता दिएको छ । ३४४ जनाको केन्द्रीय कमिटी बनाएको माओवादीले थप २५ प्रतिशत बैकल्पिक केन्द्रीय सदस्य चयन गर्नेछ ।

प्रदेश नम्बर १ को इन्चार्ज राम कार्की, मधेस प्रदेशमा गणेश शाह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल, सुदूरपश्चिममा खगराज भट्ट, सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लीलामणि पोखरेल चयन भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *