रिबन

कांग्रेसले खटायो ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानमा केन्द्रीय प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसको ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान भोलिदेखि सुरु हुने भएको छ । गत माघ २७ गते पार्टी केन्द्रीय समितिको बैठकले स्थानीय निर्वाचन लक्षित अभियान निर्धारित मितिभन्दा चार दिन ढिलो गरी सुरु हुँदैछ । एमसीसी प्रकरणले गर्दा तयारी नपुगेको भन्दै कांग्रेसले चार दिन ढिलाे गरी भोलि मंगलबारबाट उक्त अभियानलाई औपचारिकता दिदैछ ।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले ७७ रै जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिलाई भोलि मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा आवश्यक निर्देशन दिने कार्यक्रम तय भएको छ । पार्टी सभापति देउवाको निर्देशनपछि अभियानले औपचारिकता पाउने छ ।

अभियानमा केन्द्रीय पदाधिकार र सांसदबाहेकलाई केन्द्रीय प्रतिनिधिको रुपमा खटाइएको छ । केन्द्रीय प्रतिनिधिले जिल्ला संगठन, भ्रातृ र शुभेच्छुक संस्थासँग समन्वय गरेर अभियान सञ्चालन गर्ने छन् । अभियान चैत्र २० गतेसम्म सञ्चालन हुनेछ ।

आउँदो बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गरेर अभियान सञ्चालन गरिएकाले केन्द्रीय प्रतिनिधिले प्रत्येक पालिकाको वस्तुस्थिति बुझेर पार्टी केन्द्रीय कार्यालयमा रिर्पोट बुझाउने छ । जसले गर्दा पालिकामा लोकप्रिय उम्मेदवार छनोटमा सहयोग पुग्ने बताइएको छ ।

संगठन सुदृढीकरण गर्दै आगामी स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउने लक्ष्य साथ अभियान सञ्चालन गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । मुख्य सचिव पौडेलले भने, ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अघि बढाएर पार्टीको सबै तह, भ्रातृ र शुभेच्छुक संस्था सम्पूर्ण रुपले एक्यवद्ध भएर सहभागी हुने छन् ।’ निर्णय गरिएको छ ।

प्रधानमन्त्री देउवा भोलि मंगलबार बिहान पार्टी कार्यालयमा जिल्लामा खटिएर जाने केन्द्रीय प्रतिनिधिलाई निर्देशन दिइसकेपछि महिला संघले आयोजना गरेको ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रममा सहभागी हुने छन् । कार्यक्रम राष्ट्रिय सभागृहमा बिहान ११ बजेका लागि आयोजना गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *