राजनीति

अछाम कांग्रेस अधिवेशन:दाेश्रो चरणमा शाह र स्वाँर भिड्दै

अछाम।नेपाली कांग्रेस अछामकाे सभापतिमा दाेस्राे चरणकाे मतदान हुने भएकाे छ । सभापतिका उम्मेदवार पुष्पबहादुर शाह र भरतकुमार स्वाँरले कुल मतकाे ५१ प्रतिशत मत ल्याउन नसकेपछि दाेस्राे चरणमा चुनाव हुने भएकाे हाे ।

दोस्रो चरणको मतदान आज बिहान १० बजेबाट हुनेछ । 

दुई उपसभापतिमा पाँच जना प्रतिस्पर्धामा छन् । चन्द्रप्रसाद ढुंगाना, टेकबहादुर साउँद, धनबहादुर शाह, नयाँराम बजगाईं र ललितबहादुर कुँवर चुनावी मैदानमा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *