रिबन

सभामुखविरुद्ध महाअभियोग आउन सक्छ- ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि प्रसाद सापकोटाविरुद्ध महाभियोग ल्याउन सक्ने बताएका छन् ।

एमालेद्वारा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले एमालेले सभामुखविरुद्ध महाभियोग ल्याउन सक्ने बताउदै आफुहरुले सभामुखको राजीनामा पर्खिरहेको बताए ।

उनले एमालेले सहि समयमा सहित निर्णय गर्ने बताउदै सभामुखको भूमिका ठिक नभएको बताए ।

अध्यक्ष ओली अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्दा सभामुखले जबर्जस्ती गरेको आरोप लगाउदै संबैधानिक काम गरेको आरोप लगाएका छन् ।

अध्यक्ष ओलीले संसदको एउटा अधिवेशनमा पेश भएको प्रस्ताव त्यो अधिवेशनमा अघि बढेन भने अर्को अधिवेशनमा फेरि ल्याउनु संबिधान विपरित भएको बताउदै मृत प्रस्तावमाथि सभामुखले तथाकथित छलफल चलाएर पारित गरेको बताए ।

उनले भने- ‘मृत प्रस्तावलाई तथाकथित रुपमा ब्यूँताएर सभामुखले असंवैधानिक र गैर कानुनी काम गराउनुभयो ।’

ओलीले सांसद भन्दा बढी सुरक्षाकर्मि संसदमा राखेर सुरक्षाकर्मिको पछाडीबाट अवैध रुपमा संसद चलाएको समेत आरोप लगाए । प्रतिपक्षले रोष्टम घेरा हालेर नाराबाजी गरेपछि संसदको कारवाही अगाडी नबढ्ने प्रचलन रहेपनि सभामुखले त्यसलाई पालना नगरेको आरोप लगाए ।

ओलीले संसदबाटै एमसीसी पास भइसकेकाले अब यसलाई राष्ट्रहित विपरित नहुने गरी, स्वाधिनताको विपरित नहुने गरी, सार्वभौव नेपालीको स्वतन्त्रमा कुनै चोट नपुग्ने गरी कार्यान्वयनमा लैजानु पर्ने बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *