रिबन

एमसिसि पास गरेर दुर्घटनाबाट वच्याै‌-प्रचण्ड

नेकपा माओवादी केन्द्रको सचिवालयले संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गराएर गम्भीर राजनीतिक दुर्घटनाबाट बचेको बताएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी एवं स्वकीय सचिव गंगा दाहालले सतहका घटनालाई हेरेर गहिराइमा पुग्न नसकिने भन्दै एमसीसी पास गरेर राजनीतिक दुर्घटनाबाट बचिएको दाबी गरेकी हुन् । उनले लेखेकि छिन- प्रिय कमरेडहरु
एमसिसिको सवालमा आज दिनभरको घटनाक्रमलाई मात्रै नियालेर गहिराई सम्म पुग्न सकिदैन। एकपटक सोचौं हाम्रो देश संगै पार्टी गम्भीर राजनीतिक दुर्घटनाबाट बचेको छ। पार्टी नेतृत्वलाई बिस्वास गरौं किन भने देश र जनताको हित बाहेक नेतृत्वको अरु कुनै स्वार्थ छैन। धेरै विचार र विवेक पुर्याएर आजको यो निर्णयमा पुगिएको हो। संयमित भएर परिस्थितिको गाम्भिर्यतालाई बुझौं। नेता कार्यकर्ता तहमा नेतृत्वको बिरुद्ध केहि भ्रम पैदा गराउन खोजिएको छ सचेत होऔं । ःऋऋ लगायत बिकसित राजनितिक घटनाक्रमका बारेमा अध्यक्ष कमरेड प्रचण्डले बिशेष सम्बोधन गर्नुहुनेछ। धन्यवाद ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *