काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठक शुरु भएको छ ।
अहिले जारी रहेको बैठकले एमसीसी अनुमोदन गर्नेछ । एमसीसी पारित गर्नुअघि व्याख्यात्मक टिप्पणी अर्थमन्त्री जनार्दन शर्माले संसदमा टेवल गरेका छन् ।
यसअघि बसेको मन्त्रिपरिषद्को बैठकले व्याख्यात्मक घोषणा एमसीसीको अंग बनाउने निर्णय गरेको थियो । प्रतिनिधिसभाले व्याख्यात्मक घोषणा एमसीसीको अंग बनेको घोषणा गरेको छ ।




