काठमाण्डौं । एमसिसिले नेपाली राजनीति तातिएको बेलामा नेपाली कांग्रेस भने एकजुट भएको छ । महाधिवेशन देखि विभिन्न गुटमा विभक्त नेपाली कांग्रेस एमसिसि जस्तो पेचिलो मुद्धा संसदमा पेश गर्ने वेलामा भने एकजुट भएको छ । यतिवेला विभिन्न नामधारी कम्युनिष्ट पार्टी विभक्त भइरहेको बेलामा कांग्रेस भने एमसिसिमा सहमति जुटाउन लागि परेको छ । अरु त अरु महाधिवेशनमा अचानक शेरवहादुर देउवाइ समर्थन गरेका रामचन्द्र पौडेल स्वयम यतिवेला अन्य दललाइ मनाउने काममा ब्यस्त हुन थालेका छन । उनले सोमवार मात्र प्रचण्ड देखि उपेन्द्र यादवसम्मलाइ भेटेर एमसिसिमा सहमति जुटाउने कोशिश गरेका छन । कांग्रेस भित्र सैद्धान्तिक र सादा छवि वनाएका पौडेल नै यसरी सक्रिय भएपछि अरु वेलामा विभिन्न गुटमा विभक्त हुने कांग्रेस खास मौकामा एक जुट हुन्छ भन्ने सन्देश गएको छ ।
महाधिवेशन देखि मौन वसेर सभापति देउवालाइ समर्थन गरिरहेका पौडेल यति कै सहमतिको लागि सक्रय भएका भने होइनन । उनी सभापति तथा प्रधानमन्त्री देउवाको आग्रहपछि नै यसरी सक्रिय भएका हुन । एमसिसिमा जब कम्युनिष्टहरु दोहरो भुमिका खेले तब कांग्रेस सशंकित भएर सक्रिय भएको हो । एमसिसि फेल हुदा कम्युनिष्टको चाहना पुरा हुने र कांग्रेसको वदनामी हुने भएपछि कांग्रेस सक्रिय भएर लागेको छ ।
कांग्रेसमा पौडेल मात्र होइन गगन थापा देखि डा.शेखर कोइरालासम्म एकजुट भएका छन । एमसिसिको वारेमा एक वाक्य नवोलेका गगन थापा र विश्वप्रकाश शर्मा अहिले सक्रिय भएर एमसिसि पास गर्नु पर्ने र यसो गर्दा यदि गठवन्धन टुटछ भने टुटोस भन्न थालेका छन । प्रधानमन्त्री देउवाले थापालाइ शिर्ष तहको वैठकमा सहभागी समेत गराउन थालेका छन ।




