काठमाण्डाैं । नेकपा एमालेबाट फुटेर वनेकाे नेकपा एकिकृत समाजवादीमा नया तमाशा देखा परेकाे छ।शनिवार वसेकाे स्थायी समितिकाे वैठकपछि साे पार्टी तिन वटा वक्तब्य जारी गरेकाे छ।एमसिसिकाे वारेमा वहश गरि निष्कर्ष निकाल्न वसेकाे समाजवादीकाे वैठकपछि महासचिव डा.बेदुराम भुषालकाे एउटा वक्तब्य छ-जहाँ एमसिसि टेवल गर्न दिने तर पास नगर्ने भनिएकाेछ।वक्तब्यमा भुषालले २५ जना सदस्यले वाेलेकाे उल्लेख गरेका छन।उनकाे वक्तब्य संक्षिप्त खालकाे छ।

उनकाे वक्तब्य जारी भए संगै उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अर्काे वक्तब्य जारी गरे-जसमा थप वहश नगरिकन एमसिसि अघि वढाउन नसकिने लेखिएकाे छ।उनले वैठकमा ३३ जना सदस्य उपस्थित भएकाे उल्लेख गरेका छन। उनकाे याे बक्तब्य महासचिव भुषालकाे बक्तब्यकाे विलकुल विपरित छ।

कुरा यति मात्र हाेइन,स्वयम खतिवडाकाे अर्काे वक्तब्य पनि जारी भएकाे छ।अर्थात एक वैठक,तिन वक्तय जारी भएका छन। तर खास वक्तब्य कुन हाे ? उपमहासचिव खतिवडाले जारी गरेकाे तेस्राे वक्तब्यमा भने एमसिसि टेवल गर्न सैद्धान्तिक सहमति जनाएकाे तर संशाेधन नभएकाे एमसिसि टेवल गर्न नहुने र जवरजस्ती टेवल गर्ने कुरा पक्षमा नरहेकाे उल्लेख गरिएकाे छ।





