रिबन

एमसीसीको विरोधमा भन्दै आज बन्दको आह्वान, नियन्त्रण गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले एमसीसी संसदमा टेवल गर्ने तयारी शुरु गरेपछि विप्लव नेतृत्वको नेकपासहितका ६ वटा दलले आज बन्द आह्वान गरेका छन् ।

एमसीसीको विरोध गर्ने भन्दै विभिन्न ६ वटा दलले बन्दको आह्वान गरेका हुन् । तर सरकारले भने बन्द असफल बनाउन सबै जिल्लाका प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले बन्दका नाममा हुने अराजक गतिबिधि नियन्त्रण गर्न सुरक्षा निकायलाई निर्देशन दिएको हो ।

बन्दको सूचना आएको भन्दै मन्त्रालयले मंगलबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निदेृशन दिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *