काठमाडौं । पाँच दलीय सत्ता गठबन्धन बैठक आज बस्दै छ । शुक्रबार गठबन्धनको शिर्ष तीन नेताहरुबीच भेटवार्ता भएको थियो। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच स्थानीय निर्वाचनका विषयमा छलफल भएको थियाे ।
छलफलपछि शनिबार बिहान ९ बजे गठबन्धनको बैठक बोलाइएको हो । गठबन्धन तीनै तहको निर्वाचन एकैपटक वा पहिले संघपछिमात्र स्थानीय तहको निर्वाचन गर्ने तयारीमा छ भने संबैधानिक अड्चन हटाउने प्रयासमा पनि छ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री देउवाबीच केही दिन अघि समसामायिक विषयमा छलफलसमेत भएको छ ।




