समाचार

कोभिड-१९ का कारण १६ जिल्लाको कांग्रेस अधिवेशन स्थगित

काठमाडौं । नेपाली कांग्रेसले १६ जिल्लाको जिल्ला अधिवेशन स्थगित गरेको छ । मुलुकमा कोभिड–१९ को भयावह अवस्थाका कारण स्वास्थ्य सुरक्षाको जोखिमलाई ध्यानमा राखी कांग्रेसले माघ १५ गते हुने भनिएका १६ जिल्लाको अधिवेशन स्थगित गरेको हो ।


नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका – सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम सहित १६ जिल्लाको जिल्ला अधिवेशनबाट स्थिगित भएको निर्वाचन समितिले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *