रिबन

महामन्त्रीमा देउवाको हिसाव यसरी विग्रियो,केन्द्रीय समितिमा झन दवदवा वढयो

काठमाण्डौं । नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट सभापति शेरवहादुर देउवाको झन वर्चश्व वढेको छ । पदाधिकारी देखि केन्द्रीय सदस्यसम्मको निर्वाचनबाट उनको दवदवा झन वढेको देखिएको हो । तर,सभापति देउवाको हिसाव महामन्त्रीमा भने नराम्रोसँग चुकेको छ । १३ औं अधिवेशनमा सभापति चयन भएपछि देउवाले पार्टी प्रवक्तामा हिम्मत गरेर विश्वप्रकाश शर्मालाई चयन गरे । खासमा शर्माको कारण कांग्रेस पार्टी र देउवाको भूमिका गतिलो देखिएको थियो । तर,यसपटक उनै शर्मलाई महामन्त्री बनाउन देउवाले कञ्जुस्याईं गर्दा देउवाले दुई वटा अवसर गुमाएका छन । यदि देउवाले शर्मालाई महामन्त्रीको उम्मेदवार बनाएको भए पहिलो चरणमै उनले सभापति जित्ने थिए । र,युवालाई स्थान दिएको जश पनि उनले पाउने थिए । तर,चार बर्षसम्म युवालाई पार्टी प्रवक्ता बनाएर कमाएको इज्जत महामन्त्री चयनमा भएको अलमलमा खस्किन पुग्यो । यस्तो किन भयो त ? के देउवा युवाको विरोधी हुन ?
नेपाली कांग्रेस फुटेर कांग्रेस प्रजातान्त्रिक बन्दा देउवाले अलग छवि बनाए । उनले त्यतिवेला नै युवालाई स्थान दिए भने कदजम भन्ने नारा नै दिए । उनको यो नाराको अर्थ थियो–कर्णाली,दलित,जनजाति र महिला । राज्यसत्ता र पार्टी सत्तामा पछि परेको यो समुहलाई अवसर दिने उनको मुल धारणा थियो । यहि धारणाको जगमा उनले क्षमतावान युवा विश्वप्रकाश शर्मालाई प्रवक्ताको जिम्मेवारी दिए । तर,यसपटक महामन्त्री भने बनाएनन । किन त ? खासमा जब गगन थापाले महामन्त्रीको घोषणा गरे तब विश्वप्रकाश शर्माले पनि सुन्दरीजल पुगेर महामन्त्री घोषणा गरे । देउवाको समुहमा रहेर प्रवक्ता भएका शर्माले देउवासँग सल्लाह नै नगरि दवाव दिने हेतुले महामन्त्रीको घोषणा गरे । यसपछि देउवा दवावमा परे । उनलाई लामो समयदेखि साथ दिदै आएका डा.प्रकाशशरण महत,वालकृष्ण खाँण,एनपी साउद,रमेश लेखक, ज्ञानेन्द्र वहादुर कार्की पनि महामन्त्रीको अपेक्षामा थिए । तर,विमलेन्द्र निधि देउवा समुहबाट अलग भए । यसपछि देउवालाई पौडेल समुहमा विभाजन र वीचमा रहेको सिटौला समुहलाई आफूतिर तान्नुपर्ने बाध्यता थियो–चुनाव जित्नको लागि । यहि रणनीति अनुसार उनले सभापति जित्ने रणनीति बनाए । आफनो समुहलाई कायम राख्ने,अर्को समुहलाई आफूतिर तान्ने उनकै पुरानै रणनीति थियो । अघिल्लो अधिवेशनमा पनि उनले पौडेल समुहबाट अर्जुननरसिंह केसीलाई आफूतिर तानेर महामन्त्री उठाए । यसपटक सिटौला समुहलाई महामन्त्री दिए । र,आफनो सहुहबाट विश्वासिला प्रकाशशरण महतलाई उठाए । तर,यसो नगरि उनले विश्वप्रकाश शर्मालाई उठाएको भए कम्तिमा उनी पहिलो राउण्डमै सभापति जित्थे भने युवालाई अवसर दिएको जश पनि पाउथे । तर,अरु युवालाई पाखा पारेर महतलाई मात्र उठाउदा एनपी साउद,वालकृष्ण खाण जस्ता नेताहरुको असहयोगको शिकार भए महत । देउवाले महामन्त्री मात्र गुमाएनन,युवाको मत जित्ने अवसर पनि गुमाए ।
महाधिवेशनबाट देउवाले सभापति सहित वहुमत पदाधिकारी र केन्द्रीय सदस्य जिते । उनी झन प्रभावशाली देखिए । तर यसपटकको आकर्षण देउवा नभए गगन र विश्व हुन । प्रतिस्पर्धी पार्टीले पनि यहि विषयलाई आफनो चुनौती ठानेका छन ।
अब देउवालाई अर्को एक अवसर छ–आम चुनावमा युवालाई अघि बढाउने । यो अवसर उनले गुमाउछन कि कायम राख्छन हेर्न वाँकी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *