काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत महिला खुला केन्द्रीय सदस्यको निर्वाचन परिणाम सार्वजनिक भएको छ ।
कांग्रेस पार्टी कार्यालयमा सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार डीला संग्रौला पन्त २८ सय ८५ मत ल्याएर पहिलो नम्बरमा केन्द्रीय सदस्य निर्वाचित भएकी छन् ।
दोस्रोमा पुष्पा भुसाल २७ सय १८ मत, तेस्रोमा आरजु राणा देउवा २५ सय ३६ मत, चौथोमा अम्बिका बस्नेत २३ सय ३९ मत र पाँचौंमा ईश्वरी न्यौपाने २२ सय ५९ मत ल्याएका छन् ।
छैटौंमा सरिता प्रसाई २ हजार ९६ मत, सातौंमा रमा कोइराला १८ सय ५८ मत, आठौंमा सुशीला ढकाल १८ सय ४ मत र नवौंमा रङ्गमति शाही १७ सय ८९ मत ल्याएर विजयी भएका हुन् ।




