रिबन

कांग्रेस महाधिवेशन : महिला खुलातर्फको केन्द्रीय सदस्यको मतगणना शुरु

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महिला खुला केन्द्रीय सदस्यको मतगणना शुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि मतगणना शुरु भएको हो । महिला खुला ९ जनाको लागि ३० जनाले प्रतिस्पर्धा गरेका थिए ।

महिला खुलातर्फ जमुना ढकाल, डाक्टर डिला संग्रौला पन्त, तुलसा पन्त, धना खतिवडा, नम्रता बराल, पुष्पा भुषाल, बासना थापा, बिजुला बर्मा राणा, मोदती केसी, रंगमती शाही, रमा कोइराला पौडेल, रिता दवाडी, रुक्मिणीदेवी कोइराला, शान्ती कार्की, सुशीला ढकाल आचार्य, सरिता प्रसाई, सावित्री बोगटी पाठक र सीतादेवी देवकोटा पाण्डे उम्मेदवार छन् ।

त्यस्तै अकला गुरुङ, अनिता देवकोटा, अम्बिका सुवेदी, आम्बिका शर्मा लामिछाने, अम्बिका बस्नेत, आरजू राणा देउवा, ईश्वरी न्यौपाने, उमा दाहाल, उषाकुमारी राउत, कल्पना अधिकारी, किरण कोइराला र गौरीकुमारी श्रेष्ठ उम्मेदवार छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *