राजनीति

खुलातर्फ ३५ कांग्रेस केन्द्रीय सदस्यको अन्तिम नतिजा सार्वजनिक : कसकाे मत कति ?


काठमाडौं । नेपाली कांग्रेसको खुला तर्फका केन्द्रीय सदस्यको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । शनिवार विहानबाट सुरु भएको खुलातर्फको मत गणनाको आइतबार साझ निर्वाचन समितिले अन्तिम नतिजा सार्वजनिक गरेको हो ।


सबै प्यानलमा परेका शशांक कोइरालाले २९ सय ४० मत प्राप्त गरेर अग्रस्थानमा पर्न सफल भएका छन ।


यसै गरी एनपी साउद दोश्रो, बालकृष्ण खाँण तेस्रो, उदयशमशेर राणा चौथो र रामहरि खतिवडा पाँचौ स्थामा छन । ज्ञानेन्द्रबहादुर कार्की छैटौं,रमेश लेखक साताैं, शंकर भण्डारी आठौं, जिपछिरिङ लामा नवौं र अर्जुन नरसिंह केसी दशौं स्थानमा पर्न सफल भएका छन ।


देउवा प्यानलबाट २६ र कोइराला प्यानलबाट ९ जना खुला केन्द्रीय सदस्य निर्वाचित भएका हुन । खुला केन्द्रीय सदस्यमा नेविसंघ,तरुण दल, प्रेश युनियनका नेतादेखि निर्माण व्यवसायीसम्म निर्वाचित भएका छन ।

हेर्नुहोस मत परिणामसहित पूर्ण विवरण

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *