रिबन

देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् ।

आज (शुक्रबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा उनीहरूबीच राजदूतहरुको नियुक्ति र अन्य समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।

यसै गरी, देउवा सभापतिमा निर्वाचित भए लगत्तै टेलिफोन मार्फत शुभकामना दिएका प्रचण्डले आज भेटेरै शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *