राजनीति

अब के गर्लान शेखर ?


काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पहिलो चरणको निर्वाचनले सभापति चुन्न नसकेपछि दोश्रो चरणको निर्वाचनबाट सभापति चुनिने भएको छ । निर्वाचन समितिले आजै साढे तीन बजेबाट निर्वाचन सुरु गर्ने कार्यकतालिका सर्वजनिक गरेको छ ।


पहिलो चरणको निर्वाचनमा शेरबहादुर देउवाले २२ सय ५८ मत र डा. शेखर कोइरालाले १७ सय २९ मत प्राप्त गरेका छन । यसै गरी प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २२ मत प्राप्त गरेका छन । पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत प्राप्त नगरेपछि दोस्रो चरणको निर्वाचन गर्ने तयारी भएको छ । बहुमत प्रतिनिधिहरुको समर्थन देउवालाई नै भएकाले दोश्रो चरणको निर्वाचनमा प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले सभापतिमा शेरबहादुर देउवालाई सर्थन जनाउने अभिव्यक्ति दिसकेका छन । अब देउवाको जित सुनिश्चित जस्तै भएको छ ।


डा. शेखरका लागि दोश्रो चरणको निर्वाचन प्रतिकुल बनेको छ । यस्तो अवस्थामा शेखले के गर्लान ? बहुमत प्रतिनिधिको भावना कदर गरेर चुनावमा भाग नलेलान ? या प्रतिष्ठाको विषय बनाएर देउवासँग दोश्रो चरणको निर्वाचनमा पनि चुनव लड्लान ? अहिले सम्म स्पष्ट भने छैन । शेखरका सवालमा अनेक टिप्पणी पनि छन ।


प्राध्यापक कृष्ण खनालले आफ्नो निर्वाचन क्षेत्रमा निर्वाचन हारेका नेताले कांग्रेसको नेतृत्व गर्न पनि नहुने बताएका छन् । उनले हालै एक टेलिभिजनसँगको कुराकानीमा भनेका छन– एउटा निर्वाचन क्षेत्रमा त निर्वाचन जित्न नसक्ने कुनै पनि नेताले देशभरिकै नेतृत्व गर्छु भनेर कसरी हुन्छ ? यो नैतिक प्रश्न उठ्न जान्छ । उनले शुशील कोइरालाको उदाहरण दिँदै भने– हेर्नुस् त पहिला पनि संविधान सभाको सदस्य थिएनन् तर सुशिल कोइराला पार्टीका सभापति थिए । उनलाई कति अप्ठेरो परेको थियो । त्यत्रो ठूलो नेगोसिएसनको बेला थियो तर उनी मुलुकको संसदमै जान पाउँदैनथे । प्राध्यकपक खनालले आफ्नो एउटा सानो निर्वाचन क्षेत्रमा त चुनाव हार्नेले कांग्रेसजस्तो ठूलो पार्टीको नेतृत्व गर्न कसरी मिल्छ ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *