रिबन

आजै दोस्रो चरणको मतदान गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि पुन: मतदान हुने भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो ।

कांग्रेस निर्वाचन समितिले कांग्रेस सभापति निर्वाचनका लागि आजै दोस्रो चरणको मतदान गर्ने तयारी गरेको छ । समितिको बैठक केहिबेरमा बसेर निर्णय गर्ने एक सदस्यले जानकारी दिए ।

ती सदस्यका अनुसार आजै दोस्रो चरणको निर्वाचन हुनेछ । दोस्रो चरणमा धेरै मत ल्याउने शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *