रिबन

कांग्रेस महाधिवेशन : मतदानका लागि फेरी थपियो समय

काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशन अन्तर्गत मतदानको समय डेढ घण्टा थपिएको छ ।

९ बजेसम्म मतदानको समय निर्धारण गरिएको भएपनि समय नपुगेपछि डेढ घण्टा समय थप भएको हो । निर्वाचन समितिका अनुसार राति साढे १० बजेसम्म मतदान हुनेछ । यसअघि ५ बजेसम्मका लागि समय निर्धारण गरिएको भएपनि समय कम भएपछि ९ बजेसम्मका लागि निर्धारण भएको थियो ।

सभापतिका लागि भएको मतदान भने अन्तिम चरणमा पुगेको छ । अब करिब ५ सय मतमात्रै खस्न बाँकी रहेको छ । मतदान सकिएपछि सभापतिको मतगणना राती नै शुरु हुनेछ भने पदाधिकारीसहित केन्द्रीय सदस्यको मतगणना भने पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *