रिबन

मतदानकाे बेला शशांक र रामचन्द्रकाे रहस्यमय वक्तब्य

काठमाण्डाैं । चाैधाैं महाधिवेशनकाे लागि कांग्रेस महाधिवेशन प्रतिनिधि अहिले मतदानमा रहेका छन।लाइनमा वसेका मतदातालाइ पनि भेटेर उम्मेदवारहरू मत मागिरहेका छन।प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापतिका उम्मेदवार शेरवहादुर देउवा देखि शेखर काेइरालासम्म मत मागिरहेका छन।

तर,याे महाधिवेशनमा मत हाल्न भनेर रामचन्द्र पाैडेलले भृकुटीमण्डपमा पाइला नै राखेनन।उनले मत हाल्दिन भनेर वक्तब्य नै जारी गरेका थिए।उनले मत हाल्दिन मात्र भनेनन,कार्यकर्तालाइ विवेकप्रयाेग गर्नुस भनेर खुल्ला छाडिदिए।

रामचन्द्र पाैडेल समुहबाट प्रकाशमान सिह र डा.शेखरले सभापतिमा उम्मेदवारी दिएकाेले स्वभाविक रूपमा पाैडेल आफनाे समुहका उम्मेदवारलाइ मत दिनुस भनेर मत माग्नुपर्ने थियाे।यसकाे लागि शेखर र प्रकाशमानले मनाउन सक्नुपर्थ्याे।तर,पाैडेलले विवेक प्रयाेग गर्नुस भने। उनले यसाे भन्नुकाे मतलब पाैडेल यी दुइ उम्मेदवार प्रति खुशी रहेनछन भन्ने देखिएकाे छ।यसबाट सभापतिका उम्मेदवार तथा उनका प्रतिस्पर्धी शेरवहादुर देउवालाइ मनाेवैज्ञानिक फाइदा हुनेछ।

कुरा यति मात्र हाेइन,काेइराला परिवारका महत्वपुर्ण सदस्य डा.शशांक काेइराला पनि मत मागिरहेका छन-केन्द्रीय सदस्यकाेलागि।उनी स्वयम केन्द्रीय सदस्यमा मात्र उठेका छन।तर,उनले पनि मत माग्दै गर्दा आफु कुनै गुटमा नरहेकाे वताएका छन।उनले आफुलाइ मात्र मत मागिरहेका छन।उनले न शेखरकाे पक्षमा वाेले न देउवाकाे।काेइराला परिवारकाे सदस्य भएकाेले स्वभाविक रूपमा उनले शेखरलाइ नभए प्रकाशमान सिहलाइ मत दिनुपर्थ्याे।तर,उनले पनि कुनै गुटमा नरहेकाे वताएर माैन वसे।यसकाे साेझाे घाटा पनि शेखरलाइ नै हुने देखिन्छ।केन्द्रीय सदस्य मात्र लडेका शशांक र महाधिवेशनस्थलमा नै पाइला नटेका रामचन्द्रले किन यसाे गरे त ? उनीहरू कि लाे प्राेफाइल वसेका छन त ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *