समाचार

महामन्त्रीका उम्मेद्वार डा. प्रकाशशरण महतलाई नै भोट किन ?

काठमाडौं । मुलुकलाई आवश्यक परेको भिजनरी, शिक्षित, लचिलो, सहनशील, कर्मठ,दक्ष,जोश र जाँगरले भरपूर तथा अनुभवी नेतृत्वलाई मध्यनजर गर्दै नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनमा पार्टी सभापति शेरबहादु देउवाको टिमबाट महामन्त्रीको उम्मेद्वार बन्नुभएकोे छ ।  उहाँलाई मतदान गर्नुपर्ने कारण निम्न छन् :

पार्टीप्रतिको समर्पण

कक्षा ७ मा अध्ययनरत रहदा नै नेपाल विद्यार्थी संघको आदर्शबाट प्रेरित भएर नेपालको लोकतान्त्रिक आन्दोलनको संघर्षको मैदानमा होमिनु भएका डा.महत त्यसपछि अविच्छिन्न रुपमा नेपाल विद्यार्थी संघ र नेपाली कांग्रेसको राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

२०३६ सालको विद्यार्थी आन्दोलन र २०३७ सालको जनमत संग्रह,२०४२ सालको सत्याग्रहमा सक्रिय भूमिका खेलेको पुस्ताबाट उहाँमात्र महाधिवेशनमा महामन्त्रीको उम्मेदवार हुनुहुन्छ ।

नेपाली कांग्रेसको नेतृत्वमा सुरु भएको २०४६ सालको जनआन्दोलनमा डा. महतले एक्सन कमिटीमा रहेर रहेर विशिष्ट भूमिका निर्वाह गर्नुभएको थियो ।

उहाँले सन १९९८ देखि १९९९सम्म नेपाली कांग्रेसको केन्द्रीय आर्थिक नीति निर्माण समितिमा रहेर पार्टीको आर्थिक नीति निर्माणमा विशेष भूमिका निर्वाह गर्नुभएको थियो ।

नेपाली कांग्रेसका बौद्धिक तथा वैचारिक नेता डा. महतले पाटीको नीति निर्माण विशेष गरी अर्थ नीति र परराष्ट्र नीति निर्माण तथा कार्यान्वयनमा विशेष योगदान गर्दै आउनुभएको छ ।

डा. महत झण्डै दुईदशक सन २००२ देखि निरन्तर केन्द्रीय सदस्य रही आउनुभएको छ ।

विगत तीन बर्षदेखि सह–महामन्त्रीको भूमिका कुशलतापूर्वक निर्वाह गरिरहनुभएका डा. महतले २०७० सालमा पार्टीको निर्वाचन परिचालन समितिको संयोजकको भूमिका सफलतापूर्वक निर्वाह गर्नुभएको कारणले नेपाली कांग्रेस दोस्रो संविधानसभामा पहिलो पार्टी भएको थियो ।

संसदभित्रको जिम्मेवारी

२०६३ सालको अन्तरिम व्यवस्थापिकाको सदस्यको रुपमा व्यवस्थापिकाको यात्रा आरम्भ गर्नुभएका डा. महतले पहिलो संविधानसभा २०६४ देखि २०६९ र दोस्रो संविधानसभा २०७० देखि २०७४ सम्म संविधानसभाको सदस्य बनेर संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

दोस्रो संविधानसभाले नै २००७ सालको जनक्रान्तिको आह्वान गर्दा महामानव वी.पी. कोइरालाले अगाडि सार्नु भएको नेपाली जनताले आफू शासित हुने विधान आफ्नै जनप्रतिनिधिबाट बनाउने प्रस्तावनालाई मूर्त रुप दिने सफलता पायो ।

व्यवस्थापिका संसदमा एक क्रियाशील विधायकको रुपमा संसदका राज्य व्यवस्था समिति र संसदीय विशेष सुनुवाई समितिमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।

राजकीय जिम्मेवारी पूरा गर्ने नेता

डा.महतले देशमा माओवादी विद्रोह उत्कर्षमा पुगेको बेलामा सरकारले सन १९९९ मा गठन गरेको माओवादी समस्या समाधान समितिको सदस्य सचिवको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सल्लाहकार नियुक्तगर्नुभएपछि उहाँले सेप्टेम्बर २००१ देखि मे २००२ सम्मआफ्नो योग्यता, क्षमता, दक्षता, कार्यकुशलता र अनुभवलाई देश र जनताको पक्षमा काम गर्न उच्चतम् उपयोग  गर्नुभयो ।

नेपाली कांग्रेसको आर्थिक नीति निर्माणमा विशिष्ट भूमिका निर्वाह गर्दै आउनुभएका डा. महत सन २००२ को अप्रिलदेखि अक्टोबरसम्म राष्ट्रि«य योजना आयोगको सदस्य हुनुहुन्थ्यो ।

डा.महतले सन २००४ देखि २००५ सम्म परराष्ट्र राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

डा.महतले २००६ देखि जुन २००७ सम्ममाओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गठित राष्ट्रिय शान्ति समितिमा रहेर काम गर्नुभएको थियो ।

डा.महतलाई सरकारले अगष्ट २००७ देखि जुन २००८ सम्म विभिन्न विद्रोही समूहसंग वार्ता गर्न गठित सरकारी वार्ता समितिको सदस्यको जिम्मेवारी सुम्पिएको थियो ।

डा. महत सन २०१० देखि २०११ सम्म ऊर्जा मन्त्री हुनुहुन्थ्यो । उहाँले नै माथिल्लो तामाकोशी जलविद्युत आयोजना स्वदेशी पूँजीबाट निर्माण गर्ने निर्णय गराउन प्रमुख भूमिका निर्वाह गर्नुभएको थियो । हालै पूर्ण रुपमा सञ्चालनमा आएको यो आयोजनाले नेपाली नीति निर्माता, प्राविधिक, लगानीकर्ता (संस्था र सर्वसाधारण)को पनि आत्मविश्वास बढाएको छ । यसले मुलुकको आर्थिक विकासमा ठूलो सघाउ पु¥याउने निश्चित छ ।

डा. महत उर्जामन्त्री हुँदा नै ढल्केवार–मुजफ्पुर ४०० के.भी. प्रशारण लाइन निर्माणको निर्णय भएको थियो । उक्त निर्णयको कारणले नेपालको लोडसेडिङ्ख अन्त्य गरी सबै नेपालीलाई अध्यारोबाट उज्यालोतिरको यात्रामा समाहित गरेको थियो ।

२०७३ सालमा परराष्ट्र मन्त्रीको जिम्मेवारी वहन गर्नुभएका डा. महतलेमधेश आन्दोलनका कारण भारतले नेपालमा नाकाबन्दी गरेर नेपाली जनजीवन कष्टपूर्ण बनेको बेलामा तीन पटक भारत भ्रमण गरी नेपाल भारत सम्बन्ध सामान्यीकरण गर्न कुशलतापूर्वक कुटनीतिक भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको कुशल कुटनीतिक भूमिकाको कारणले नाकाबन्दी अन्त्य भई आपूर्ति ब्यवस्था सुचारु भएको थियो ।

डा.महतको कार्यकालमा नै नेपालले गण्डक सझौता अन्तरगत पाउनुपर्ने सुविधा नपाएको बिषयमा उक्त सुविधा नेपाललाई दिन भारतलाई सहमत बनाउने काम भयो । भारतसंगको दक्षिणी सीमामा हुने बाढी र डुबानको संयुक्त निरीक्षण गरी समाधान खोज्ने सहमति तथा महाकाली सिंचाईको डीपीआर टुंग्याउने काम पनि डा.महतको कार्यकालमा नै भएको थियो ।

यसैगरी डा.महतको कार्यकालमा नै चीनसंगको सम्बन्धलाई पनि सन्तुलित राख्ने काम भयो । चीन सरकारले प्रस्ताव गरेको बेल्ट एण्ड रोड इनिसियटिभ(बीआरआई)लाई नेपालको हित अनुकूल हुनेगरी कार्यान्वयनमा ल्याउने संझौतामा हस्ताक्षर सम्पन्न भयो ।

नेपाल भारत सम्बन्ध थप घनिष्ट र आत्मीय बनाउने तथा नेपाल र भारतका पार्टीहरुबीच सौहार्द सम्बन्ध विकसित गर्ने उद्देश्यले डा.महतले हालै भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख बिजय चौथाइवालेलाई नेपालमा आमन्त्रण गरेपछि नेपाल भारत उच्चस्तरीय कुटनीतिक तथा राजनीतिक संवादको ढोका खुलेको छ ।यसैगरी भारतीय जनता पार्टीको निमन्त्रणामा हालै उहाँले गर्नुभएको भ्रमणमा सीमा विवाद,तुइन प्रकरण,ब्यापार घाटा,इपीजी प्रतिवेदन लगायतका नेपालको राष्ट्रहित अनुरुप सबै विषयमा भारतीय पक्षसंग स्पष्ट दृष्टिकोण राख्नुभएको थियो ।

सुयोग्य नेता

नेपाली कांग्रेसका वैचारिक नेता तथा अर्थशास्त्री डा. महतले संयुक्त राज्य अमेरिकाको इलिनोइस राज्यको कार्बोन्डेलमाअवस्थित साउथर्न इलिनोइस युनिभर्सिटीबाट अर्थशास्त्रमापीएच डी उपाधि हासिल गर्नुभएको छ ।

उहाँले सोही राज्यको उर्बानाच्याम्पेनमा रहेको इलिनोइस विश्वविद्यालयबाट नीति अर्थशास्त्र ( पोलिसी इकोनोमिक्स)मा स्नातकोत्तर  गर्नुभएको छ ।

आर्थिक विकास,शान्ति प्रक्रिया, परराष्ट्र सम्बन्धमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय मञ्चहरुमा पार्टीका विचार र नीतिगत दृष्टिकोण राख्नुका साथै डा.महतका तथा अनुसन्धानमूलक आलेख तथा नीतिपत्रहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *