देश

पातिखोला गुफाको संरक्षण गर्न पूर्वाधार निर्माण गरिँदै

कास्की। कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिकामा पर्ने पौराणिक तथा ऐतिहासिक पातिखोला (गुप्तकालिका) गुफाको संरक्षण र पूर्वाधार निर्माणका लागि पहल सुरु भएको छ ।

माछापुच्छ«े गाउँपालिका–४ र ५ को सिमानामा समुद्री सतहबाट एक हजार १०० मिटर उचाइमा रहेको यस गुफा संरक्षणका लागि संरक्षण समिति गठन गरेर काम अघि बढाइएको हो । गुफा ५५ मिटर लामो रहेको छ । पातिखोला गुफा संरक्षण समितिका सचिव रुद्रनाथ अधिकारीले ऐतिहासिक दृष्टिकोणमा यो गुफाको महत्व रहे पनि प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको बताउनुभयो ।

उहाँका अनुसार गुफाबारे विभिन्न किम्वदन्ती पाइन्छ । देवी भगवतीले भैरवलाई संरक्षण गरेर राखेको किम्वदन्ती अनुसार हाल गुफा परिसरमा देवी र भैरवको मूर्ती राखेर पूजाआजा हुँदै आएको छ । अधिकारीका अनुसार पौराणिक रुपमा गुफामा देवीले तपस्या गरेको किम्वदन्ती छ । सो स्थानमा देवी र भैरवबीच लामो समय द्वन्द्व चलिरहँदा देवी अचानक सो पातीखोला गुफामा तपस्या गर्न जाँदा भैरव देवीको पिछा गर्दै जाने क्रममा देवी भक्त हनुमान सो गुफाको द्वारपाल भएर बसेका बेला हनुमान र भैरवबीच लडाईं भएपछि देवी गुफाबाट निस्केर भैरवको शीर छेदन गरेको र पछि भैरवले आफूले गल्ती गरेको भन्दै माफी मागेर आफूलाई देवीसँगै राख्न अनुनय विनय गरेपछि देवीले भैरवलाई संरक्षण गरेको किम्वदन्ती पाइन्छ ।

“जसअनुसार नै स्थानीयले गुफा परिसरमा देवी र भैरवको मूर्ति राखेर हालसम्म पूजा गर्दै आएका छन् ।” सचिव अधिकारीले भन्नुभयो । ऐतिहासिक तथा सांस्कृतिक इतिहास बोकेको पातिखोला गुफाको प्रचारप्रसारसँगै धार्मिक क्षेत्र पूर्वाधार विकासमा लागि रु पाँच करोडको गुरुयोजना बनाइएको पातिखोला गुफा संरक्षण समितिका अध्यक्ष अ क्या डम्बरसिंह गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार गण्डकी प्रदेश सरकारको रु ४० लाख लागतमा गुफा परिसरको भिरालो जमिन सम्याउने र वरपर पर्खाल लगाउने काम सकिएको छ । अन्य बाँकी कामका लागि बजेट अभाव भएकाले आगामी वैशाख १७ देखि २४ गतेसम्म जोगिचौर मणि परिसरमा महायज्ञ गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष गुरुङले भन्नुभयो, “विगतमा यस ठाउँमा वर्षमा तीन पटक मेला लाग्ने गर्थो । हाल यो मेलाले निरन्तरता पाएको छैन । यस ठाउँमा पूर्वाधार विकास गरी व्यवस्थित बनाई मेलालाई पुन ः निरन्तरता दिने र स्थानको ऐतिहासिकता र धार्मिक महत्वलाई अझ राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउने लक्ष्य राखेका र्छौँ ।”

पातिखोलमा विगतमा माघेसङ्क्रान्ति, श्री पञ्चमी र चैते दसैँमा गरी वर्षको तीन पटक कृषि व्यापारी, स्थानीय उत्पादनको बिक्री, विभिन्न परिकारका मिष्टान्न भोजनसहितको महोत्सव हुने गरेको स्थानीयको भनाइ छ । महायज्ञबाट करिब रु दुई करोड आर्थिक सङ्कलन गर्ने लक्ष्य लिएको र उक्त महायज्ञमा पण्डित दीपकप्रसाद पौडेलको प्रवचन गर्ने प्रचारप्रसार उपसमिति संयोजक यामबहादुर गुरुङले जानकारी दिनुभयो ।

माछापुच्छ«े–४ का वडाध्यक्ष मधुसूदन अधिकारीले ऐतिहासिक तथा धार्मिक रूपमा परिचित यस स्थानमा हुन लागेको महायज्ञलाई सफल बनाउनका लागि तयारीलाई तीव्र पारिएको बताउनुभयो । पोखराको टुँडिखेल बगरबाट १० किलोमिटर उत्तर पश्चिमतर्फ करिब आधा घण्टाको यात्रामा पातिखोला गुफा पुग्न सकिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *