काठमाण्डाैं।नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले पत्रकार र नेता भट्टीमा धाउने गरेकाे भन्दै तिखाे आलाेचना गरेका छन।
समाजवादीसंग सम्वद्ध पत्रकारहरूकाे संगठनकाे उदघाटन गर्दै उनले साँझ पर्ने वित्तिकै नेताहरू हाेटलमा छिर्ने गरेकेा वताए।उनले गर्मी माैसमा साढे सात बजे र चिसाे माैसममा साढे पाच बज्ने वित्तिकै हाेटल पस्ने,गिलास ठाेकाठाेक गर्ने र घरमा गएर झगडा गर्ने गरेकाे सुचना पाएकाे वताए।उनले भने-अँध्याराे हुने वित्तिकै रक्सी खाने,वाझावाझ गर्ने नेताहरू रहेछन।तिनीहरूकाे फाेटाे मैले मागेकाे थिएँ।उनीहरू भागाभाग गरेछन।
उनले पत्रकारलाइ पनि भने-तपाइहरू पनि यसरी रक्सी त खानुहुन्न नि ? हाेटलमा गएर रक्सी नखाइ निन्द्रा नलाग्ने अवस्था तपाइहरूकाे पक्कै छैन हाेला। त्यसाे नगर्नुस। यसरी भाडिएकाे मैले चाल पाएँ भने राम्राे हुन्न।
समाजवादीसंग आवद्ध पत्रकारकाे संगठन उनले शनिवार नै घाेषणा गरेका छन।शम्भु थापाकाे अध्यक्षतामा एकिकृत समाजवादीले समाजवादी प्रेस संगठन घाेषणा गरेका छन।





