रिबन

ढाेकामा नारा र जुलुस,प्रधानन्यायाधीश शानसँग अदालत छिरे

काठमाण्डाैं । नेपाल वार सहितकाे वकिलकाे टाेली सर्वाेच्च अदालतकाे गेटमा शुक्रवार वसेकाे थियाे।प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणालाई अदालत नै प्रवेश गर्न नदिने भन्दै वकिलहरू धर्ना बसेका थिए तर,जब अफिस टाइम भयाे प्रधानन्यायाधीश राणा एस्कर्टिङ गरेकाे गाडीमा आए र भित्र छिरे। उनकाे अघि र पछि चारवटा गाडी थियाे।अगाडि सिटी पुलिसकाे गाडी थियाे भने सवैभन्दा पछाडि सैनिक थियाे।सर्वाेच्च अदालतकाे तल्लाे गेटमा धर्ना भएपनि उनी माथिल्लाे गेटबा धुलाे उडाउदै भित्र छिरे। तर,गेटमा नारा र जुलुस भने जारी थियाे।

प्रधानन्यायाधीशकाे राजीनामा माग गरेर वकिल र न्यायाधिशहरूले अदालतमा आन्दाेलन गरिरहेका छन। गेटमा छेकेकाे भनेर प्रहरी धरपकड पनि गरेकाे थियाे।जब यस खालकाे गतिविधि भयाे तब वरिष्ठ अधिवक्ता वद्रीवहादुर कार्कीले गृहमन्त्री वालकृष्ण खाणलाई फाेन गरेर प्रहरी हटाउन अल्टिमेटम नै दिए। याे खवर थाह पाएपछि प्रधानमन्त्री शेरवहादुर देउवालाई प्रहरीलाई अदालतबाट पछि हटन निर्देशन दिए। अनि प्रहरी हटयाे।

वकिल र न्यायाधीशहरू प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणाले पदबाट हटनुपर्छ भनेर नारा लगाइरहेका छन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *