काठमाडौं । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफूमाथि लगाएको आरोप प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् ।
एमाले अध्यक्ष ओलीले जनयुद्धका बेला नेता भट्टराईले छोरीलाई कसरी बेलायत पढ्न पठाए होलान् भनेर प्रश्न उठाएका थिए । जवाफमा भट्टराईले ओलीलाई तथ्यहीन उडन्ते कुरा नगर्न सुझाव दिँदै आफूमाथि लगाइएको आरोप प्रमाणित गर्न चुनौती दिएका हुन् ।
नेता भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्,‘मित्र खड्गप्रसादजी, पूर्व प्रम जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्नु शोभनीय भएन । हाम्री छोरी मानुषी ७ वर्षको उमेरमा जनयुद्धपूर्व २०४९–५१ मा आमा हिसिला छात्रवृत्तिमा बेलायत पढ्न गएको बेला सँगै गएर सँगै फर्केकी हुन् । त्यसयता उनी बेलायत गएको प्रमाणित गर्नोस् न ?
एमाले अध्यक्ष ओलीले आज भएको एउटा कार्यक्रममा भट्टराईकी छोरी मानुषीको अध्ययनका बारेमा प्रश्न उठाएका थिए ।




