रिबन

प्रधानन्यायाधिश चाेलेन्द्रका जेठान गजेन्द्र हमालले मन्त्रीबाट राजीनामा दिने

काठमाण्डाैं । उधाेग मन्त्री वनेका गजेन्द्र हमालले मन्त्री भएकाे भाेलिपल्ट नै राजीनामा दिने घाेषणा गरेका छन।

प्रधानन्यायाधिश चाेलेन्द्र शमशेर जवराका जेठान नाता पर्ने हमाल प्रधानमन्त्री शेरवहादुर देउवा निकट कांग्रेसका नेता हुन।उनी वाँकेका वासिन्दा हुन।

तर अदालतले सेटिङ गरेर हमाललाइ मन्त्रीवनाएकाे भन्दै समाचार प्रकाशन तथा प्रशारण हुन थालेपछि तिव्र दवावमा परेका हमालले नैतिकता र स्वविवेकश प्रयाेग गर्दै राजीनामाकाे घाेषणा गरेका हुन।उनले प्रधानमन्त्रीलाइ भेटेर अब राजीनामा पत्र वुझाउने वताएका छन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *