रिबन

माओवादीले मन्त्री टुंग्यायाे,मन्त्रालय टुंगेन, नारायणकाजीकाे नाममा किन सहमति भएन ?

काठमाण्डाैं।नेकपा माओवादी केन्द्रले स्थायी समिति वैठक वसेर मन्त्री हुनेहरूकाे नाम टुंगाे लगाएकाे छ।नयाँ सरकार वन्दा नै दुइ जना मन्त्री पठाएकाे माओवादीले अहिले तिन जनाकाे नाम टुंगाे लगाएकाे हाे । उसकाे भागमा ५ जना मन्त्री परेका छन।

वुधवार स्थायी समितिकाे वैठक वसेर माओवादीले देवेन्द्र पाैडेल,शशी श्रेष्ठ र महेश्वर गहतराजलाइ मन्त्री वनाउने टुंगाे लगाएकाे हाे।यसैगरि वाेधमायालाइ राज्यमन्त्री वनाउने माओवादीले निर्णय गरेकाे छ। तर यी मन्त्री हुनेहरू मध्ये कस-कसले कुन कुन मन्त्रालय पाउने भन्ने अझै टुगाे लागेकाे छैन।

माओवादीकाे वैठककाे निर्णय सार्वजनिक गर्दै प्रवक्ता कृष्ण वहादुर महराले यस्ताे जानकारी दिएका हुन।उनले भने-हामीले पाउने ५ मन्त्रालय हाे र यसमा एक राज्यमन्त्री पनि छ।अहिले शिक्षा र स्वास्थ्य मध्ये एक,भुमिसुधार,युवा खेलकुद र श्रम मध्ये एक मन्त्रालय पाउने माेटामाेटी सहमति भएकाे छ।यसअघि मन्त्री हुनेहरूकाे चर्चा हुदा नारायणकाजी श्रेष्ठकाे पनि चर्चा हुने गरेकाे थियाे तर वुधवार यस्ताे कुनै निर्णय भएन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *