रिबन

हिमानीकाे जन्म दिनमा पारस गायव !

काठमाण्डाैं । पूर्वयुवराज्ञी हिमानी शाहले आफ्नो ४५औँ जन्मदिन मनाएकी छिन् । महाराजगञ्जस्थित निर्मल निवासमा हिमानीले जन्मदिन सामान्य तरिकाबाट परिवारसंग मनाएकी छन् । जन्मदिनको केक काट्ने क्रममा हिमानीसँग छोरा हृदयन्द्र शाह देखिएका छन् । नजिकै पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहले ताली बजाएर हाैसला प्रदान गरेका छन। हिमालीकाे केककाे अग्रभागमा ४५ लेखिएका प्रष्ट देखिन्छ। उनले जन्म दिन मनाउँदा परिवारका सवै सदस्य देखिएपनि उनका पति पुर्वयुवराज पारस शाहले भने देखिदैनन। तर, पत्नीले ४५औँ जन्मदिन मनाउँदै गरेको तस्विर आफ्नो फेसबुकबाट पारसले सार्वजनिक गरेका छन् ।

कोरोना महामारीका कारण पूर्वराज परिवारले घरमै सामान्य तरिकाले जन्मदिन मनाएको हो ।

हिमानी पछिल्लो समय समाज सेवामा सक्रिय छिन् । हिमानीले एक हप्ता अगाडि जनकपुरधाम पुगेर सर्वसाधारणसँग भेटवार्ता गरेकी थिइन् ।उनले स्कुल भवनकाे सामान्य वेन्चमा वसेर कार्यक्रम गरेकाे,सहयाेग गरेकाे तस्वीर सार्वजनिक भएपनि उनी सरल स्वभावकि रहेकाे भनेर प्रशंशा भएकाे थियाे।तर यहि वेला पुर्वयुवराज पारस भने एक अपरिचित युवतीसंग माेटरवाइक हिडदै गरेकाे तस्वीर सार्वजनिक भएकाे थियाे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *