काठमाण्डाैं। माधव नेपालकाे दल नेकपा एकिकृत समाजवादीले मन्त्री हुने सदस्यकाे नाम टुंगाे लगाएकाे छ। माधव नेपालले दल भित्र सहमति गरेपछि नेताहरूकाे नाम प्रधानमन्त्री शेरवहादुर देउवालाइ वुझाएका छन।
नेकपा एकिकृत समाजवादी स्राेतका अनुसार,नाम पठाउँदा माधवले सकभर नयाँ र समावेशी वनाएका छन।उनले पठाएका नाम मध्ये एक नम्वरमा विराेध खतिवडा रहेका छन।मकवानपुरमा २०४८ साल देखि संसदमा प्रतिनिधित्व गरेका खतिवडा अनुभवी तर हक्की स्वभावका नेता हुन।यस्तै,रामकुमारी झाक्री पनि मन्त्री हुने भएकी छिन।उनकाे नाम पनि सिफारिश भइसकेकाे छ। मन्त्री हुनेहरूकाे लिष्टमा अर्का प्रखर वक्ता मेटमणि चाैधरी रहेका छन। संसदमा केपी अेालीकाे सरकारले ल्याएकाे नीति तथा कार्यक्रम र बजेटकाे सवैभन्दा पहिला विराेध गर्ने उनै हुन।थारू समुदायका चाैधरी माधव नेपालका जब्बर समर्थक हुन। मन्त्री हुने लिष्ट यसपटक एक जना अनाैठा पात्र पनि छन।केपी अेाली छाडेर माधव तिर लागेका डाेटीका काठ ब्यापारी सांसद प्रेम अालेले पनि मन्त्री पद पाउने भएका छन।उनी माधवतिर लागेकै कारणले ठुलाे संख्यामा सांसद माधवतिर लागेका हुन।उनले मात्र दस जना सांसद माधवतिर ल्याएका छन।यसैकारण उनलाइ पुरस्कार स्वरूप मन्त्री पद दिन लागिएकाे हाे । एक जनाकाे नाम भने टुंगाे लगाउन अझैवाकी छ।यि नेताहरूले ढिलाेमा भाेलि वुधवारसम्ममा सपथ लिनेछन।




