समाचार

के भएको थियो बुद्ध एयरलाइन्सको जहाजमा ?

काठमाडौं । विराटनगरमा ल्याण्ड हुन नसकेपछि काठमाडौं फर्किएको बुद्ध एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल ल्यान्ड भएको छ ।

सोमबार बिहान विराटनगरतर्फ उडेको जहाजको ल्याण्डिङ गियरमा समस्या आएपछि अवतरण हुन नसक्दा जहाज काठमाडौं फर्किएको थियो । त्यसलगत्तै विमानस्थलमा हाइअलर्ट गरिएको थियो ।

काठमाडौंको आकाशमा झन्डै १० फन्का लगाएपछि जहाज अवतरण भएको हो। यसअघि सो जहाज ल्याण्ड नहुन्जेसम्म विमानस्थलबाट कुनै उडान भरिएको थिएन ।

काठमाडौंको आकाशमा फन्को मारी सबै सुरक्षा मापदण्ड पुरा गरि सुरक्षितसाथ अवतरण गरेको बुद्ध एयरलाइन्सले जनाएको छ । ‘जहाज विराटनगर अतवरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेटरमा समस्या देखिएको तथा टावरले पनि गियर नझरेको जानकारी दिएपश्चात् जहाजलाई क्याप्टेनले पुनः काठमाडौं फर्काउने निणर्य गरे ।’ जारी विज्ञप्तीमा भनिएको छ, ‘सुरक्षा निर्देशिका अनुसार जहाजमा रहेको इन्धनलाई कम गर्न केही बेर काठमाडौंको आकाशमा फन्को मारी सबै सुरक्षा मापदण्ड पुरा गरि सुरक्षितसाथ अवतरण गरेको छ ।’

ल्याण्डिङ गेयरका प्राइमेरी इन्डिकेटरमा संकेत नदेखिएको बुद्ध एयरले जानकारी दिएको छ। ‘जहाजमा ल्याण्डिङ गेयरका लागि दुई वटा इन्डिकेटर रहेको हुन्छ । जस अनुसार प्राइमेरी इन्डिकेटरमा संकेत नदेखिएको तर सेकेण्डरी इण्डिकेटरमा सबै ठिकठाक रहेको देखियो । सुरक्षामा शुन्य सहनशिलता’ अनुसार क्याप्टेनले जहाज तुरुन्तै काठमाडौंमा फर्काउने निणर्य गर्‍यो, काठमाडौं आकाशमा आइसकेपछि क्याप्टेनले बुद्ध एयरको टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्याण्डिङ गियर चेकजाँच गर्दा सही र झरेको जानकारी दियो । जस अनुसार अन्तर्राष्ट्रिय तथा नागरिक उड्डयन प्राधिकरणले जारी गरेको दिशा निर्देशिका अनुसार काठमाडौं विमानस्थलमा सुरक्षितसाथ जहाजलाई ‘नर्मल’ अतवरण गराइयो।’ विज्ञप्तीमा उल्लेख छ ।

कल साइन जहाज साइन एन एएनआई सो जहाजमा २ बच्चा, ३ इन्फयाण्ट र ६८ जना वयस्कगरी ७३ जना सवार थिए । उडान संख्या यू फो ७०१ रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *