चैनपुर । संखुवासभाका प्रदेशसभा निर्वाचन क्षेत्रीय समिति अन्तरगतका चारवटै नगरपालिकामा नेपाली कांग्रेसकाे सर्वसम्वत नेतृत्व चयन भएकाे छ । शनिवार भएकाे अधिवेशनले चारवटै नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको हो । संखुवासभाकाे पाँच नगरपालिकामध्य ४ वटामा सवंसम्मत भएकाे हाे भने सखुवासभाकाे खाँदबारी नगरपालिकामा मात्र नेतृत्व छनोट भएको छ । खाँदबारी नगरपालिकामा गणेश कार्की निर्वाचित भए । उनले १५९ मन प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी गोकुल खनालले ९५ मत प्राप्त गरे ।
दिलकुमारी स्मृति सभा भवनमा सम्पन्न चैनपुर नगरपालिकाे नगर अधिवेशनले शंकरमान कडेलकाे सभापतित्वमा सर्वसम्मत नगर कार्यसमिति चयन गरेकाे छ । समितिकाे उपसभापतिमा लवकुमार श्रेष्ठ, भाष्करदेव सिंखडा, सचिवमा धनबहादुर तामाङ(अशाेक), राेषणकुमार शाक्य, सहसचिवमा उदय डाँगी र भुपेन्द्र कार्की सर्वसम्मत चयन भएका छ्न । संखुवासभाका अग्रज नेता एवं नवनिर्वाचित नगर सभापति कडेल पार्टीको पूर्व क्षेत्रीय सभापति एवं महासमिति सदस्य समेत हुन ।

प्रदेश सभा क्षेत्रीय समिति ख संखुवासभाका क्षेत्रीय सभापति दीपक लिम्वूकाे प्रमुख आथिथ्यतामा सम्पन्न अधिबेशनमा नगर उपसभापति वविता पाैड्यल, शिक्षक संघका पूर्व सभापति चहक भण्डारी, नेपाली कांग्रेसका जिल्ला सदस्य पदम अधिकारी,महाधिवेशन प्रतिनिधि विमा पण्डे, दिपेन्द्रमान शाक्य, कुमारबाबू अधिकारी, पूर्व सभासद विना पाैड्याल महासमिति सदस्य अन्जना लिंथेप, ज्ञानबहादुर कार्की, शंकरमान कडेल लगायतका नेताले अधिवेशनमा शुभकामना मन्तव्य राखेका थिए । उद्घाटनशत्र कार्यक्रमकाे सभापतित्व नगर सभापति राजेन्द्र राउतले गरेका थिए ।

यसै गरी धर्मदेवी नगर पालिकामा बद्री बहादुर घिमिरे नगर सभापतिमा सर्वसम्वत चयन भएका छन । पार्टीकाे विभिन्न जिम्मेवारीमा लमाे समयदेखि सक्रिय नव नियुक्त नगर सभापति घिमिरे संखुवासभा कांग्रेसकाे पूर्व काेषाध्यक्ष हुन । नगर सभाकाे उद्घाटन कार्यक्रमका प्रमुख अथिति नेपाली कांग्रेसका युवा नेता थलकुमार लिंखाले नगर अधिवेशनको उद्घाटन गरेका थिए । नवनिर्वाचित नगरकार्य समिति उपसभापतिमा लक्ष्मिबहादुर अधिकारी, लाेक बहादुर जिमी,सचिवमा रमेश कुमार श्रेष्ठ, जनार्दन पाेखरेल,सहसचिव डिल्ली बहादुर जिमी, माधव सुवेदी निर्विरोध निर्वाचित भएका थिए ।

मादी नगरपालिकामा यादव चन्द्र खड्काकाे नेतृत्वमा नगर कार्यसमिति सर्वसम्मत चयन भएकाे छ । नवनिर्वाचित खड्का मदि नगरपालिकाकाे निवर्तमान कर्यवहाक सभापति हुन । नगर अधिबेशनबाट सर्बसम्मत रूपमा उप सभापति शान्ति कुमार दाहाल,बिष्णु कुमार पाठक सचिब रुद्र गुरुङ, अशोककुमार लिम्थेप सह-सचिब मातृका ब. कढुवाल,भिम लिम्थेप लगायत ५२सदस्य नगर समिति गठन गरेकाे छ ।

यसै गरी पाँचखपन नगरपालपकामा विष्णु श्रेष्ठको नेतृत्वमा सर्वसम्मत नगर कार्यसमिति चयन भएकाे छ । नवनिर्वाचित नगर सभापति श्रेष्ठ निवर्तमान नगर सचिव हुन । अन्य पदमा सहमतिकाे पयास भइरहेकाे छ ।





