राजनीति

काठमाडौंमा कांग्रेसको नगर अधिवेशन असोज १६ गते हुने

काठमाडौँ । काठमाडौमा नेपाली कांग्रेसको नगर अधिवेशन असाजे १६ गते हुने भएको छ ।

काठमाडौँका प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता नरहरि आचार्यले सूचना जारी गर्दै असोज ५ गते एको वडा अधिवेशनबाट निर्वाचित भएकाहरुको पुरा विवरण आइनसकेको र केही वडा पुनःनिर्वाचन गर्नुपर्ने भएकाले असोज १६ गते नगर अधिवेशन गर्न लागेको जानकारी दिएका छन् ।

दशवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा ११ स्थानीय तह र १ सय ३८ वडा रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *