देश

रमजानको अवसरमा यूएईद्वारा १२८ नेपालीलाई आममाफी

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले विभिन्न घटनामा सजाय पाएका १२८ जना नेपालीलाई आममाफी दिएको छ ।

रमजानको अवसर पारेर यूएईले कैद सजाय भोगिरहेका १२८ जना नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गरी पवित्र रमजान महिनाको अवसरमा १२८ जना नेपालीलाई आममाफी दिएकोमा आभार व्यक्त गरेको छ ।

मन्त्रालयले मानवीय आधारमा गरिएको आममाफीलाई उच्च मूल्यांकन गरेको जनाएको छ। मन्त्रालयका अनुसार यस कदमले नेपाल र यूएईबीचको द्विपक्षीय सम्बन्धमा रहेको सौहार्द र सद्भावनालाई थप सुदृढ बनाएको छ ।

आममाफीको निर्णय अबुधाबीस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारले गरेको अनुरोधपछि यूएई सरकारले लिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *